आभ्यान आभा
बौद्द -०६ ,काठमाडौँ
म शिक्षित छु, म गर्न सक्छु
खै त मलाई काम
म त मात्र प्रतिनिधि हु
लाखौ छन् यहाँ
अमेरिकामा एक नेपाली भाषी सफल इन्जीनियरको निधन भयो रे
यहाँ नेपालमा धेरैले धिक्कारे उसलाई के खान गको त?
तर कसैले पनि बोलेनन् उसको सक्ष्यमताको बारेमा
त्यही भएर त पराइ देश ले राख्यो उसलाई
औंलामा गन्न सकिने केहि सफल छन् यहाँ ,फुलको आँखामा फुलै संसार
भएर पनि धेरै असफल र दुखि छन् यहाँ
खिया लागेको नट बल्तु झैँ स्थिर छन् युवा
खुस्किदा धेरैको आधार गुम्न सक्छ
तर भेउ छैन कसैलाई यहाँ ,उही उदास अनि न्याउरो अनुहार को साथ् छ
मिलिमतो र हातेमालो भन्ने सायद छैन नेपाली शब्दकोशमा
जो जहाँ छन् ठिक्कै छन् बाचेकै छन्
कसलाई बिरोध गर्नु छ र के को लागि ?
हामी शान्ति का प्रतिक,सिक हामी बाट ,तिमि ब्राजिलियन ,ग्रीक अनि इजिप्सियन जनता हरु /
क्रान्ति नभको देश हैन नेपाल
माओबादी को जनयुद्दले धेरै सफलता हासिल भयो
अब किन बोल्नु र यतिको शान्ति , बिकाश र समृदि जो पायौ
धन्य प्रचण्ड , कमसेकम बादरमुढे जनताको आशिर्बाद छ तिमीलाई /
एस. एल. सी. को रिजल्ट आउछ,तर फेलको नै बर्चस्व धेरै
लगानी त गरेकै छ रे सरकारले ,अब किन दोष दिनु र
सक्ने को लागि त प्राइभेट स्कूल छदै छ नि जति सुकै ढाड सेकोस्
भन्छन जोखिम किन लिनु ,समाजम जो देखाउनु पनि छ
सडक पेटी हैन अब त प्याराशुट पो चद्ने हो कि?
ट्राफिक नियम कडा छ रे ,सडक सुरक्षित र सफा छ रे
दुध र पत्रिका एकै चोटी आउछ घरमा ,खै कसलाई राखु?
पत्रिका भन्छ खै के भिटामिन छ रे त्यसमा
चामल खानु पर्छ बासमती,कसको हिम्मत परफ्युम र ढुंगा मिसाउने
तरकारीमा पनि जन्मदै खै के बिषादी रे ,बिचरा हामी त्यसै त स्वस्थ नेपाली
सफा पानी किन चाहियो ,धारा नभए पनि जार त् छ नि
आइरन छैन कमसेकम ब्याक्टेरिया त फ्री छ नि
किन यस्तो?कराउन गयो
कति ज्ञानी,ट्यांकर नै लिएर सडकमा SORRY भन्छन
ठगि गर्न खोलेको हो सुन पसल तलाई के को मतलब ?
हस हजुर ,कारबाही केहि हुन्न अब त खोल पसल
ग्यास,पेट्रोल र मट्टीतेल सधै छ शुद्ध यहाँ
भारत बाट ल्याएर बेच्ने न हुन् ,शंका नगरे हुन्छ
बन्द हड्ताल सबैको प्यारो छ यहाँ ,जसले गरेपनि हुन्छ
सामान्य जनता जे सुकै गरुन, ठुलाबडा लाई त चैन नै छ
वार्ताबाट सबै समाधान हुन्छ रे , "वार्ता" शब्दको खिल्ली उड्छ यहाँ
उसो त गिनिज बुकमा हाम्रो नाम आउनु पर्ने हो
सायद हामी जत्तिको वार्ता अरु कसले गर्छ र
सुन्दै छु वान्की मून (UN )ले बडेमानको शटर बनाउने रे हाम्रो लागि
नेपाल बन्द गर्न सजिलो हुन्छ कि त्यसपछि ?
लोकतन्त्र जो आयो देशमा/
No comments:
Post a Comment